आधुनिक कृषि पेशाले मात्र किसानको जीवन स्तरमा परिवर्तन आउँछ : अध्यक्ष विष्ट



भालुवाङ २२ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले परम्परागत कृषि पेशालाई परिवर्तन गर्दै समय अनुकूल आधुनिक रुपमा संचालन गर्न सके कृषकहरुकाे जीवन स्तर परिवर्तन हुने बताएका छन् ।

राप्ती गाउँपालिकाकाे सहयोग तथा गाउँपालिका स्तरीय कृषक समूह समन्वय समितिको आयोजनामा शुक्रबार मसुरीयामा आयोजित कृषक समूहको लागि एक दिने समूह व्यवस्थापन गाेष्ठीमा बाेल्दै अध्यक्ष विष्टले यस्तो बताएका हुन् ।

साथै अध्यक्ष विष्टले हरेक नागरिकले कृषि पेशालाई परिवर्तित युग संगै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । उनले कृषि पेशालाई आधुनिकिकरण गर्न नसक्दा नागरिकहरुले आफ्नो कृषि व्यवसायमा उल्लेख्य आम्दानी गर्न नसकेको बताए ।

राप्ती गाउँपालिका स्तरीय कृषक समूह समन्वय समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता गोष्ठी भएको हाे।

पालिका भित्रका करिब ५५ वटा कृषक समूहका अध्यक्ष तथा प्रतिनिधि सहभागी भएको कार्यक्रमकाे प्रशिक्षक तथा राप्ती गाउँपालिकाका पशु विकास अधिकृत जिबराज पाैडेल र निर्मला गिरीले समूह व्यवस्थापन र कृषि सम्बन्धि बिषयमा प्रशिक्षण दिएका थिए । समन्वय समितिका काेषाध्यक्ष मालिका आचार्यकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे संचालन समूहका सचिव भिमलाल चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे