LISTEN LIVE RADIO

स्थानीय उत्पादनकाे प्रवर्द्धन तथा बजारीकरणका लागि गाउँपालिका प्रतिवद्व छ : उपाध्यक्ष चाैधरी



स्थानीय उत्पादनकाे प्रवर्द्धन तथा बजारीकरणका लागि गाउँपालिका प्रतिवद्व छ : उपाध्यक्ष चाैधरी

भालुवाङ १६ पुस । राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले स्थानीय उत्पादनकाे प्रवर्द्धन तथा बजारीकरणका लागि गाउँपालिका प्रतिवद्व रहेको बताएकी छिन् ।

स्वच्छ व्यवसायी समूह नेपाल र साेसाइटी वेलफेयर एक्सन नेपाल (स्वान) लमहीकाे संयुक्त आयाेजना तथा आईएम नेपालकाे सहयाेग एवम् राप्ती गाउँपालिकाकाे सहकार्यमा शनिबार राप्ती गाउँपालिकाको बैठकहल मसुरीयामा आयोजित स्थानीय उत्पादनकाे प्रवर्द्धन तथा बजारीकरणका लागि प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष चाैधरीले सो कुरा बताएकी हुन् ।

त्यस्तै उपाध्यक्ष चाैधरीले थारू जातिको कला, संस्कृति, खानपान तथा थारू जातिको परिचानका लागि राजधानी क्षेत्रमा थारू खाजा घर बनाउन आवश्यक रहेको बताएकी छिन् । त्यस्तै उपाध्यक्ष चाैधरीले कृषक तथा उद्मम व्यवसायीहरूको समस्या विस्तारै हल गरिने र मल अभाव टार्न मल वितरण प्रक्रियाको अनुगमन गरिने बताएकी छिन् । त्यस्तै उनले कृषक तथा उद्यम व्यवसायीहरूलाई लगानी, तालिम तथा सिप पालिकाबाट दिने प्रतिबद्धता जनाएकी छिन् ।

स्वान संस्थाका अध्यक्ष कृष्णकुमार चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जिवराज पाैडेल, कृषि शाखा प्रमुख सिमा भट्ट, पशु शाखा अधिकृत दामाेदर आचार्य, पर्यटन, ग्रामिण तथा शहरी मन्त्रालयका इन्जिनियर प्रदिप भट्टराई, राप्ती गाउँपालिका उद्यम विकास शाखा प्रमुख बिनिता चाैधरी, सिसहनियाँ उद्योग बाणिज्य संघका सदस्य प्रशान्त बस्नेत, राप्ती गाउँपालिका चेम्बर अफ कमर्शका अध्यक्ष कुमार अधिकारी, भालुवाङ हाेटल व्यवसाय समितीका अध्यक्ष महेश बेल्बासे, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, स्वान संस्थाका कोषाध्यक्ष राममोती चौधरी स्वान संस्था कै कार्यक्रम संयोजक रेमन्त चौधरी र सहभागी रामकुमारी चौधरी लगायतका वक्ताहरूले आ- आफ्नो भनाई राखेका थिए ।

कार्यक्रमको जानकारी स्वच्छ व्यवसायी समूह नेपालका परियाेजना व्यवस्थापक बासुदेब घिमिरेले गराएका थिए । कार्यक्रममा सराेकारवाला निकाय, हस्तकला, कृषि उत्पादनकर्ता, प्रदेश सरकारका निकाय कार्यक्रममा ४६ जनाकाे उपस्थिती रहेकाे थियाे । भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण पत्रकार दशरथ घिमिरेले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे