जय गुरुबाबा कृषि सहकारीको अध्यक्षमा पुन : भिमबहादुर चौधरी



जय गुरुबाबा कृषि सहकारीको अध्यक्षमा पुन : भिमबहादुर चौधरी

ओमप्रकाश गुप्ता, सिसहनियाँ २७ कार्तिक ।

दाङ देउखुरीको राप्ती गाउँपालिका ७ बड्का सिसहनियाँमा रहेको जय गुरुबाबा कृषि सहकारी संस्था लि. हालै सिसहनियाँमा भएको १० औँ वार्षिक साधारणसभा तथा ५ औँ अधिवेशनले भिमबहादुर चौधरीलाई पुन अध्यक्षमा चयन गरेको छ ।

त्यसै गरी अधिवेशनले उपाध्यक्षमा लक्ष्मीकुमारी चौधरी, सचिवमा सानिमा चौधरी, कोषाध्यक्षमा अरिजा चौधरी र सदस्यहरुमा आशा चौधरी, हेमा चौधरी, हेमा चौधरी, हेमनारायण चौधरी, रामस्वरुप चौधरी र जगबहादुर चौधरी रहेका छन् । त्यसै गरी अधिवेशनले रामकला चौधरीको संयोजकत्वमा ३ सदस्यीय ऋण समिति गठन गरेको छ । जसका सदस्यहरुमा अनिता चौधरी र हेमबहादुर चौधरी रहेका छन् ।

संस्थाका अध्यक्ष भिमबहादुर चौधरीको अध्यक्षता एवम् संस्थाका जेष्ठ सदस्य रामस्वरुप चौधरीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन सचिव सानिमा चौधरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अरिजा चौधरीले प्रस्तुत गरेकी थिइन् ।

उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नवप्रतिमा कृषक सहकारी संस्थाका कोषाध्यक्ष हरिप्रसाद चौधरी, संस्थाकी पुर्व अध्यक्ष तथा सल्लाहकार शान्ता चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सानिमा चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे