दाङमा किसानले लगाएको धानबाली अविरल पानीले बगायाे (फोटो फिचर)



दाङमा किसानले लगाएको धानबाली अविरल पानीले बगायाे (फोटो फिचर)

दाङ १ कार्तिक । गएराती देखि परेको अविरल वर्षाले दाङका विभिन्न स्थानमा किसानले काटेर खेतमा राखेकाे धानबाली बाढीले बगाएकाे छ । वर्षाले हजारौं बिघा जमिनमा पाकेको धानबाली डुबेर नस्ट भएको छ। राजपुर ४ को भुर्किहवा, कोम्रे, दुलैया, खल्सा, रोहिनिया, मोतिपुर, फोहरा, जङ्र्ह्वा चङुवा, सालभौरी, नौसरा, गङ्दी , खयरभट्टी , जहरे दमारा लगायतका क्षेत्रहरुमा रहेको खेतमा पाकेको धान डुबेर नस्ट भएको छ।

दशै पुर्ब केहि दिन घाम लागेर किसानहरूले अधिकांश खेतमा काटेर लडाएका थिए भने काट्न बाँकी धान कात्ने तर्खर गरिरहदा बिगत दुई दिन देखि परेको अविरल बर्षले धान डुबाएर नस्ट गरिदिएको छ। बर्ष भरी खाने धानबाली हिजो देखि परेको अविरल बर्षले नस्ट हुँदा अब कसरी गुजारा गर्ने हो भन्ने चिन्ता लागेको स्थानीय किसान गोमा भण्डारीले बताइन्।

त्यस्तै निकै दुख गरेर असारमा रोपेको धान बाली घरमा भित्र्याउने बेलामा प्राकृतिक बिपदाले नस्ट गर्दिएको स्थानीय किसान इन्द्र भण्डारीले बताइन् । घरका धेरै परिवारलाइ धान्ने बर्सभरिको खेती छिन भरमै पानीमा डुबेर नस्ट हुदा जहानपरिवार कसरी धान्ने चिन्ता बढेको स्थानीय किसान राजकुमार बिस्वकर्माले बताए।

बर्सातका कारण लमही नगरपालिका, राप्ती ,राजपुर , गढवा गाउपालिका भित्रका हजारौं हेक्टर खेतमा लगाएको धान बाली डुबेर नस्ट भएको छ। यस्तै अविरल बर्षले राजपुर ४ बेलासी सोतामा आएको बाढीले स्थानीय राम फकिरे रैदास को घर डुबानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे