LISTEN LIVE RADIO

लमही बजारमा बीउ आलुको मूल्य पसलै पिच्छे फरक फरक, किसानहरु अन्यौलमा



लमही बजारमा बीउ आलुको मूल्य पसलै पिच्छे फरक फरक, किसानहरु अन्यौलमा

श्रवण बस्नेत, लमही २७ असोज ।

दाङ देउखुरीको प्रमुख व्यपारीक केन्द्र लमही बजारमा बीउ आलुको मूल्य फरक फरक पसलै पिच्छे फरक फरक रहेको पाइएको छ । व्यपारीहरुले आफु खुसी मुल्य निर्धारण गर्दा देउखुरीका किसानहरु अन्यौलमा परेका छन् ।

आलुको बीउ लगाउने सिजन भएको मौका छोपेर ब्यापारीहरुले मूल्य फरक फरक गर्दा निकै मारमा परेको स्थाीय किसान रामप्रसाद चौधरीले बताए । यो समयमा आलुको मूल्य एक हुनुपर्ने हो तर लमहीको सब्जीमन्डीमा आलुको बिउको मूल्य फरक फरक छ, हामी मर्कामा पर्याे यहाँ लुटतन्त्रको ब्यापार भइरहेको छ जसले सक्छ लुट्ने हो हेर्नेले हेरिरहन्छ यहाँ केही हुदैन चौधरीले भने । अहिले लमही बजारमा सेतो आलुको बीउ २ सय ५० देखि २ सय ७० रुपैयाँ लम्बरी छ भने रातो आलु भने ३०० रुपैयाँ लम्बरीमा बिक्री वितरण भइरहेको छ ।

किसानहरुले यस अघि लगाएको आलुको बीउ अबिरल बर्षाका कारण मरेपछि आलुको माग बढ्दा ब्यापारीले आफुखुसी मूल्य बढाएका हुन् । उसो त तरकारीको पनि मूल्य लमही बजारमा आकासिएको छ । बजारमा सबै भन्दा सस्तोमा पाइने लौका ४० रुपैयाँ किलो छ । भने भान्टाको मुल्य पनि उही भाउमा पाइन्छ । त्यस्तै खाने आलु ७० , रुपैयाँ, फुलगोभी १२० रुपैयाँ किलोमा पाइन्छ ।

तरकारीको मुल्य आकासिय पछि ग्राहकहरुले तरकारी किनेर खानु भन्दा मासु खानु बेष भन्न थालिसकेका छन् । बजारमा तरकारी छोइसक्नु छैन के गर्ने खान परिहाल्यो तर अति कम गरेर खान्छु तर तरकारी भन्दा त मासुनै किन्ने गरेको एक ग्राहले बताए । उनी त एउटा पात्र मात्रै हुन् । उनीहरु तरकारी किनेर खाने जो कोहीलाई यस्तै समस्या बनाएको छ । समय समयमा बजार अनुगमन नहुँदा पनि व्यापारीहरुले मनपरी व्यपार गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे