LISTEN LIVE RADIO

नेपालमा आज २४ घण्टामा ३५५६ जनामा कोरोना पुष्टि , सक्रिय सङ्क्रमितको संख्या झन्डै ३६ हजार, १८ जनाको मृत्यु



नेपालमा आज २४ घण्टामा ३५५६ जनामा कोरोना पुष्टि , सक्रिय सङ्क्रमितको संख्या झन्डै ३६ हजार, १८ जनाको मृत्यु

काठमाण्डौ २७ असोज । नेपालमा वितेको २४ घण्टामा तीन हजार पाँच सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १५ हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गर्दा तीन हजार पाँच सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले जनाएको छ ।

यस सँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १५ हजार तीन सय ५८ पुगेको छ । त्यस्तै वितेको २४ घण्टामा १ हजार ५ सय ३ जना कोरोना मुक्त भएका छन् । यससँगै निको हुनेको सङ्ख्या ७८ हजार सात सय ८० पुगेको छ । अब नेपालमा ३५ हजार ९ सय १५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै ४ हजार ७ सय ९५ जना क्वरेन्टइनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै वितेको २४ घण्टामा १८ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ सय ६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे