LISTEN LIVE RADIO

ढुंगाले च्याप्दा पश्चिम दाङमा एक जना घाइते



ढुंगाले च्याप्दा पश्चिम दाङमा एक जना घाइते

 ,
असोज २६ तुलसीपुर/ गोठालो गएको बेला ढुंगाले च्याप्दा पश्चिम दाङमा एक जना घाइते भएका छन् । मंगलबार दिउँसो पहिरोसंगै आएको ढुंगाले च्याप्दा बबई गाउँपालिका वडा नं. ७ मलईका ३० वर्षीय भीम बहादुर बाँठा घाइते भएको प्रहरीले बताएको छ ।

मंगलबार दिउँसो गाई बाख्रा चराउन गोठालो गएका बाँठा साँझसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा ढुंगाले च्यापिएको अवस्थामा फेला परेको उनका बुवा प्रताप बाँठाले जानकारी दिए ।

घाईते बाँठालाई घटना स्थलबाट राती स्टिचरमा बोकेर शान्तिनगर–६ कोर्बाङमा बिहान ३ बजेर तिर ल्याएको र त्यहाँबाट एम्बुलेन्स मार्फत उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे