LISTEN LIVE RADIO

बच्चा जन्मिएपछि बलात्कार मुद्दामा पक्राउ



बच्चा जन्मिएपछि बलात्कार मुद्दामा  पक्राउ

असोज ५ तुलसीपुर/ तुलसीपुरमा बच्चा जन्मिएपछि बलात्कार मुद्दामा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १२ बनकट्टी निवासी ५० वर्षीय नन्दलाल कवँर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

 बच्चा जन्मेको ९ दिनपछि गत सोमबार ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको थियो । आरोपीले गएको माघ २७ गते राति आफ्नै नाता पर्ने १६ वर्षीया किशोरीलाई घरमा बलात्कार गरेको उजुरीमा उल्लेख छ । बलात्कार पछि किशोरीले गएको भदौ २५ गते तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बच्चा जन्माएकी थिइन् ।

बलात्कारको उजुरी परेपछि प्रहरीले कवरलाई पक्राउ गरेको हो । ७ महिनामै बच्चाको जन्म भएकाले उनको आइसीयूमा राखेर उपचार भइरहेको प्रहरीले बताएको छ । पीडक आफन्त पर्ने भएकाले मिलाउन धेरै प्रयास भएको तर गर्भ फाल्ने सम्भावना नभएपछि पुरुषलाई जिम्मा लगाउँन खोज्दा उनले नमानेपछि घटना बाहिर आएको प्रहरीले बताएको छ । पक्राउ परेका आरोपी विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्धामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे