LISTEN LIVE RADIO

प्रहरी निरिक्षक रन्जु केसि उजीर सिंह दीप पदक बाट सम्मानित हुदै



प्रहरी निरिक्षक रन्जु केसि उजीर सिंह दीप पदक बाट सम्मानित हुदै
अशोज ४ गढवा / इलाका प्रहरी कार्यालय गढवाको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी निरिक्षक रन्जु केसि उजीर सिंह दीप पदक द्वितिय बाट सम्मानित हुनुहुने भएको छ ।लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसरमा प्रदेश क्षेत्रमा रहेर मानव बेचबिखनमा परेका वालकको भारत बाट सकुशल उद्दार गरेको कार्यको मुल्यांकन गर्दै प्रदेश सरकारले उजीर सिह दीप पदक द्वितीय बाट प्रहरी निरिक्षक केसि लाई सम्मानित गर्दै पुरुस्कृत गर्ने भएको छ ।
प्रदेश सरकारको पुरुस्कार छनौट समितीले लुम्बिनी प्रदेश भित्र रहेर सामाजिक क्षेत्रमा योगदान गरेका हरुलाइ पुरुस्कृत गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको प्रबक्ता तथा आर्थिक मामिला कानुन तथा सन्चार मन्त्री तिलक शर्माले प्रदेश भित्र योगदान गरेका योगदान दाताहरुलाई सम्मान गर्ने निर्णय गरेको जानकारी दिदै बालिकाको भारत बाट सकुशल उद्दार गरेको योगदान बापत प्रहरी निरिक्षक रन्जु केसिलाई पुरुस्कृत गर्ने निर्णय गरेको जानकारी दिनु भयो ।१४ बर्सिय बालिका भारतको पानीपत बाट सकुशल उद्दार गरि अभिभावक लाइ बुझाउने उत्कृष्ट कार्यको मुल्यान्कन गर्दै लुम्बिनि प्रदेश सरकारले सम्मानित गर्ने निर्णय गरेको प्रहरी निरिक्षक केसिले बताउनु भयो ।
त्यसै गरि गत असार २० गते इलाका प्रहरी कार्यालय गढवाको प्रमुखको रुपमा काम गर्दै आउनु भएको रन्जुले डेढ बर्स देखि हराइरहेका राजपुर गाउपालिका वडा नं ६ निवासि डम्म्बर बहादुर बिकका छोरा १३ बर्सिय निकेश बिकलाइ भारतको गोण्डा बाट सकुशल उद्दार गराउनु भएको थियो ।
प्रहरी निरिक्षक रन्जु केसि बिगत ३ बर्स देखि प्र.नि.को जिम्मेवारी सम्हाल्दै आउनु भएको एक कुशल निरिक्षक हुनुहुन्छ ।
उनले गढवा राजपुर क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि सामुदाय प्रहरि साझेदारि कार्यक्रम मार्फत विद्यार्थीमा सचेतना होस भन्ने उद्देश्यले बिद्धालयमा गयेर लागूऔषधबाट समाजमा पर्ने असरको विषयमा विभिन्न कार्यक्रम समेत सञ्चालन गरिरहनु भएको छ ।
कामको मुल्यांकन गर्दै संबिधान दिवसको अवसरमा लुम्बिनि प्रदेश सरकारले उजिर सिंह दीप पदक द्वितिय बाट पुरुस्कृत गर्ने निर्णय गरेकोमा आफु निकै उत्साहित भएको बताउदै केसिले सामाजिक कार्यमा अझै जिम्मेवार र कर्तव्यनिस्ठ भएर काम गर्ने जागर बढेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे