LISTEN LIVE RADIO

१४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप एक जना पक्राउ



भदौ १३ सल्यान / सल्यान प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। कालिमाटी गाउँपालिका ४ निवासी १९ वर्षीय छविलाल गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

१४ वर्षिया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारेर १९ वर्षीय गिरी र सोही ठाउँका २० वर्षीय मेघराज थापाले लक्ष्मीपुरस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा बोलाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

भदौ ८ गते राति १० बजे ललाई फकाई विद्यालयमा लगी दुई जनाले जबरजस्ती करणी गरेको खुलेको डिएसपी खड्काले जानकारी दिए। भदौ ९ गते दिनभर जंगलमा राखी अब घर जाने भनी बालिकालाई जंगलमा नै छोडी फरार भएका थिए।

पक्राउ परेका गिरीलाई सल्यान अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान थालिएको र अर्का फरार थापाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे