LISTEN LIVE RADIO

वृक्षारोपण गर्दै गढवामा भू-संरक्षण दिवस मनाइयो



गढवा गाउँपालिका वडा नम्वर – ३ गोबरडिहामा भू- संरक्षण दिवस २०७९ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय दाङ र गोवरडिहा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा बृक्षारोपण गरी भू-संरक्षण दिवस मनाईएको छ ।

कार्यक्रमा लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारु, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ,उपाध्यक्ष शारदा कुमारी चौधरी, वडा नम्बर – ३ का वडाध्यक्ष तुलसी राम अधिकारी डिभिजनल वन अधिकृत, गोबरडिहा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष लगायतका सहभागीता रहेको थियो।
भू तथा जलाधार व्यवस्थापन कार्यालय दाङ, भू -संरक्षण दिवश २०७९ एकिकृत जलाधार व्यवस्थापनः माटो पानीको स्याहार, सम्बृद्धिको मूल आधार भन्ने नाराका साथ गढवागाउँपालिका वडा नं. ३ गोबरडिहामा रहेको गोबरडिहा सामुदायिक बनमा बृक्षा रोपण गरिएको सामुदायिक बनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे