LISTEN LIVE RADIO

दृस्टिबिहिनहरुद्वारा संचालित सस्थाले दृष्टि बिहिनहरुलाइ गर्याे राहात वितरण



दृस्टिबिहिनहरुद्वारा संचालित सस्थाले दृष्टि बिहिनहरुलाइ गर्याे राहात वितरण

मोरङ २२ जेठ । नेत्रहीन युवा संघ मोरङ तथा नेत्रहीन संघ मोरङको सयुक्त आयोजनामा मोरङ जिल्लामा रहेको दृष्टि बिहिन अपाङ्गता भएको ब्यक्तिहरुको निम्ति राहात सामाग्री वितरण गरिएको छ।

नेत्रहीन युवा संघ मोरङ अध्यक्ष दुर्गानाथ योगी, मोरङ नेत्रहीन संघ नि बर्तमान अध्यक्ष सीता बराइली, बेलबारी अपाङ्ग सेवा संघ अध्यक्ष भोजराज भुजेल र सहयोगी साजन योगी सहितकाे टाेली प्रत्यक्ष रुपमा दृष्टि बिहिन भएको ब्यक्तिको घरघरमा पुगी चामल, दाल, तेल, नुन, चना, चिउरा, साबुन, सेनिटाइजर ,माक्स जस्ता आवस्यक खाद्य तथा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेकाे हाे ।

नेत्रहीन युवा संघ मोरङबाट १५ जना र नेत्रहीन संघ मोरङबाट ४० जना गरी जम्मा ५५ जना दृष्टि बिहिन अपाङ्गता भएकाहरुलाइ उत्क्त राहत प्रदान गरिएकाे हाे ।  अप्ठ्यारोमा परेका, आर्थिक रुपमा बिपन्न, कोठा भाडा लिइ बस्ने धुप तथा फिनेल बेचबिखन गरी जिबिका सन्चालन गरेका ब्यक्तिहरुलाइ छनोट गरी प्रदान गरिएको हो। नेत्रहीन युवा संघ नेपाल र टेवा नेपालको आर्थिक सहयोगमा राहात तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको युवा संघका अध्यक्ष दुर्गानाथ योगीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे