LISTEN LIVE RADIO

उत्तराखण्ड : हिमपहिरोपछि आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुग्याे



उत्तराखण्ड : हिमपहिरोपछि आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुग्याे

काठमाण्डाै २ फागुन । भारतको उत्तराखण्डमा हिमपहिरोपछि आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको छ । उत्तराखण्डको चमोली जिल्लाको तपोवन सुरुङमा थप १२ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उद्धारकर्ताकाे टाेलीले सुरुङमा फसेकाहरूलाई अझै बचाउने आश रहेकाे बताएका छन् । यस सुरुङमा ३२ जना कामदार अझै पनि फसेकाे हुन सक्ने आशङ्का गरिएकाे छ ।

बाढीमा परेर अझै एक सय ५० भन्दा धेरै हराइरहेको अधिकारीहरूले बताएका छन् । उत्तराखण्डमा गएको माघ २५ गते हिमपहिरोपछि बाढी आएको थियो । बाढीले चार वटा जलविद्युत् आयोजनामा क्षती गर्नुको साथै १३ वटा भन्दा धेरै गाउँमा क्षति पुर्‍याएको थियो ।

हिमनदी विस्फोटका कारण पुल भत्किएपछि चमोली जिल्लाका १३ गाउँ अलग भएको बताइएको छ । ती गाउँका मानिसहरूलाई उद्धार गर्ने काम भइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।

अचानक आउने बाढी पहिरोको उच्च जोखिममा पर्ने पश्चिमी हिमालय क्षेत्रमा रहेको उत्तराखण्डमा सन् २०१३ को जुन महिनामा ठूलो वर्षापछि आएको बाढीका कारण झण्डै ६ हजार मानिसको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे