LISTEN LIVE RADIO

सिक्किममा भारतीय सेना चढेको ट्रक दुर्घटना, १६ जना सैनिकको ज्यान गयाे



सिक्किममा भारतीय सेना चढेको ट्रक दुर्घटना, १६ जना सैनिकको ज्यान गयाे

नयाँदिल्ली । भारतको सिक्किममा आज शुक्रवार भारतीय सेना चढेको गाडी (ट्रक) दुर्घटना हुँदा १६ जना सैनिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा तीन जना सैन्य अधिकृत र १३ जना जवान रहेका बीबीसी हिन्दीले जनाएको छ ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ । सैनिक बोकेका तीन वटा गाडी सँगसँगै रहेकामा एउटा गाडी घुम्तीमा सडकबाट तल झरेको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले दुर्घटनामा दुःख व्यक्त गर्दै शाेकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे