LISTEN LIVE RADIO

चीनको राजधानी बेइजिङमा कोरोना सङ्क्रमण बढ्दो



चीनको राजधानी बेइजिङमा कोरोना सङ्क्रमण बढ्दो

चीनको राजधानी बेइजिङ लगायत ठूला सहरमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको हो ।

चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पछिल्लो समय चीनका अस्पताल सङ्क्रमितले भरिन थालेका समेत जनाएको छ ।

जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले बेइजिङमा कोभिडको गम्भीर सङ्क्रमण बढ्दै गएको स्वास्थ्य विज्ञले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको छ ।

पछिल्ला दिनमा अस्पतालमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे