LISTEN LIVE RADIO

केही चर्चित पत्रकारको अकाउन्ट निलम्बन गरेकोमा ट्विटरको चौतर्फी आलोचना



केही चर्चित पत्रकारको अकाउन्ट निलम्बन गरेकोमा ट्विटरको चौतर्फी आलोचना

एजेन्सी । केही चर्चित पत्रकारहरुको अकाउन्ट निलम्बन गर्ने ट्विटरको कदमको चौतर्फी विरोध भएको छ । न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोष्ट लगायत ठूला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुको अकाउन्ट ट्विटर कम्पनीले निलम्बन गरिदिएको छ । यो कदमको युरोपेली युनियन र संयुक्त राष्ट्र सङ्घले विरोध गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घले मिडिया र पत्रकारलाई खेलौना नसम्झन र स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्र सङ्घका उपसचिव मेलिसा फ्लेमिङले ट्विटरले आफूलाई आलोचना गरेर समाचार लेखेकै भरमा अकाउन्ट नै निलम्बन गरिनु खेदजनक कार्य भएको बताउनुभएको छ ।

स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला र विकृति विरुद्धको लडाइँको एक प्रमुख उपकरण भएकाले यसलाई सम्मान गर्न उहाँले आग्रह गर्नुभएको छ । युरोपेली युनियनले भने ट्विटरमाथि प्रतिबन्धको धम्की दिएको छ ।

युनियनका आयुक्त भेरा जावरोभाले ट्विटरका मालिक एलन मस्कले मनपरिको मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै प्रतिबन्धको बारेमा छलफल भइरहेको बताउनु भएकाे छ । मस्कले आफ्नो र आफ्नाे कम्पनीको आलोचना गर्नेहरुप्रति शत्रुतापूर्ण व्यवहार गरेको भन्दै आलोचना बढ्दै गएको हो । अघिल्लो महिना ४४ अर्ब डलरमा ट्विटर खरिद गरेपछि उहाँ विवादमा तानिँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे