LISTEN LIVE RADIO

जी-२० मा शिखर सम्मेलनमा कार्बन उत्सर्जनलाई घटाउँदै लैजाने सहमति



जी-२० मा शिखर सम्मेलनमा कार्बन उत्सर्जनलाई घटाउँदै लैजाने सहमति

काठमाण्डाै १५ कार्तिक । विश्वका ठूलो अर्थव्यवस्था भएका देशहरुको समूह जी-२० मा कार्बन उत्सर्जनलाई घटाउँदै  लैजाने सहमति भएको छ ।   जी-२० का नेताहरुले विश्वमा भइरहेको तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्रीमा सीमित राख्न सार्थक एवं प्रभावकारी योजना बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

इटलीमा दुई दिनसम्म भएको जी २० शिखर सम्मेलनमा जलवायु परिवर्तनका विषयमा छलफल भएको हो । नेताहरुले जलवायु परिवर्तनका कारण समस्यामा परेका गरिब तथा विपन्न देशलाई सहयोग गर्न एक सय अर्ब डलर जुटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यसैबीच, स्कटल्यान्डकाे ग्लास्गोमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन कोप २६ मा आजदेखि विश्वका नेताहरूले छलफल र बहस थाल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे