पौडेललाई पक्राउ गरेको विरोधमा तनहुँ कांग्रेसले भोलि प्रदर्शन गर्ने



पौडेललाई पक्राउ गरेको विरोधमा तनहुँ कांग्रेसले भोलि प्रदर्शन गर्ने

तनहुँ १७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको विरोधमा तनहुँ कांग्रेसले भोलि विरोध प्रदर्शन गर्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेललाई निषेधाज्ञा तोडेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको थियो।

तनहुँको व्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १० जोड्ने बुल्दी खोलामा बनेको पुल उद्घाटनका लागि पुगेका नेता पाैडेललाई प्रहरीले लछारपछार गर्दै नियन्त्रणमा लिएको थियो। उक्त घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले पौडेललाई बुधबार साँझ छाडेको छ। तनहुँ कांग्रेसका अनुसार भोलि बिहान ११ बजे बैठक बसेर आन्दोलनका थप कार्यक्रम घोषणा गरिने छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे