महोत्तरी : बर्दिवास घटनाको विरोधमा आज गौशाला बजार बन्द



महोत्तरी : बर्दिवास घटनाको विरोधमा आज गौशाला बजार बन्द

महोत्तरी १२ मंसिर । महोत्तरीको बर्दिवास घटनाको विरोधमा आज गौशाला बजार बन्द गरिएको छ । गौशाला उद्योग वाणिज्य संघले बिहानैदेखि बजार बन्द गरेको हो ।

बर्दिवास नगरपालिका १४ बाट बेपत्ता पारेर हत्या गरिएकी बालिका र प्रहरीको गोली लागि ज्यान गुमाएका संजय न्यौपानेको परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरिएको छ । गौशाला उद्योग वाणिज्य संघका उपाध्यक्ष देवचन्द्र महतोका अनुसार बेलुका ५ बजे गौशाला बजारमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ ।

गएकाे सोमबार बालिका मृत भेटिएकी भएको विरोध प्रदर्शनमा बर्दिवासका संजय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर ज्यान गएको थियो । घटनापछि बर्दिवाससहित जिल्लाका विभिन्न ठाउँमा विरोध प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे