गुल्मी जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो



गुल्मी जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

गुल्मी १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुई जना घाइतेकाे अवस्था गम्भिर रहेकाे छ ।  दुर्घटनामा घाइते भएका तीन जनामध्ये इस्मा गाउँपालिका ४ का १९ वर्षका फर्सुराम थापाको उपचारका लागि तम्घास ल्याउँदै गर्दा ज्यान गएको हाे ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठका अनुसार दुर्घटनामा इस्मा गाउँपालिका ४ का ६५ वर्षका डम्बरबहादुर धिताल, ३३ वर्षका चित्रबहादुर दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालीका गाउँपालिका ५ का ८० वर्षकी सुन्दरी थापाको ज्यान गएको छ ।

लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ आउने क्रममा बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे