पत्रकार महासंघकाे चुनाव : ९० प्रतिशत भन्दा धेरै मत खस्यो



पत्रकार महासंघकाे चुनाव : ९० प्रतिशत भन्दा धेरै मत खस्यो

काठमाण्डाै २५ चैत्र । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि बुधवार (आज) मतदान सम्पन्न भएको छ । ७७  जिल्ला शाखामा, ४२ प्रतिष्ठानका १९ ठाउँमा र एक एसोसिएटकाे दशरथ रङ्गशालामा गरी ९७ केन्द्रमा मतदान भएको हो ।

केन्द्रीय समितिको चुनाव पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको  छ । १३ हजार एक सय २२ जना मतदाता रहेकोमा ९० प्रतिशतभन्दा धेरै मत खसेको निर्वाचन समितिका प्रमुख कपिल काफ्लेले जानकारी दिए । जिल्लाहरूमा मतगणना सुरु भइसकेको छ भने काठमाण्डौमा अहिले ९ बजेबाट सुरु भएकाे काफ्लेले जानकारी दिए । महासंघको ४९ पदाधिकारीका लागि १ सय ४५ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानल तथा गजेन्द्रसिंह बुढाथाेक स्वतन्त्र रूपमा चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे