पत्रकार महासंघको निर्वाचनमा दाङबाट केन्द्रीय अध्यक्ष पाेख्रेल सहित ५ जनाकाे उम्मेदवारी 



पत्रकार महासंघको निर्वाचनमा दाङबाट केन्द्रीय अध्यक्ष पाेख्रेल सहित ५ जनाकाे उम्मेदवारी 

दाङ १६ चैत्र । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा दाङका विपुल पोखरेलको उम्मेदवारी परेको छ । यसअघि उनी पत्रकार महासंघको वरिष्ठ उपाध्यक्ष थिए । नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघको निवार्चन यही चैत २५ गते  हुँदैछ । श्रमजिवी पत्रकारहरुको हक अधिकार स्थापित गर्न र प्रेस स्वतन्त्रताका लागि आफूले अध्यक्षमा उमेद्वारी दिएको पोख्रेलले प्रतिकृया दिए । प्रेस स्वतन्त्रता, लोकतन्त्र र नागरिक अगुवा संस्थाको हिसाबले पत्रकार महासंघले ठूलो भुमिका खेल्दै आएको उनको भनाई छ ।

त्यस्तै समावेशी उपाध्यक्षमा दाङका उदय जीएमको उम्मेदवारी परेको छ । उनी यस अघि पत्रकार महासंघको सचिव थिए । त्यस्तै केन्द्रीय सदस्यमा दाङका वंशिकुमार शर्मा, टीका बस्नेत र मुक्तिबाबु रेग्मीको उम्मेदवारी परेको छ । महासंघको निर्वाचनमा प्रेस युनियन, प्रेस सेन्टर, मिडिया नेपाल, प्रगतिशिल पत्रकार संघलगायत १२ संगठनको चुनावी गठबन्धन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे