एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक



एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाण्डाै २६ फागुन । आउँदो जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ ।  २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।  पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र अनिवार्य बोक्नु पर्नेछ ।

यस्तै, जेठ २६ गतेदेखि असार ४ गतेसम्म हुने १२ कक्षाको परीक्षाको तालिका पनि सार्वजनिक भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे