विप्लव समूहका नेता–कार्यकर्ताको रिहाइ सुरु, धर्मेन्द्र बाँस्तोला काभ्रेबाट रिहा



विप्लव समूहका नेता–कार्यकर्ताको रिहाइ सुरु, धर्मेन्द्र बाँस्तोला काभ्रेबाट रिहा

काठमाण्डाै २१ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाएको प्रतिबन्ध फुकुवा भएसँगै पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूलाई आवश्यक प्रक्रिया पुर्‍याएर छाड्न थालिएको हो ।  विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई काभ्रेपलाञ्चोकबाट रिहाइ गरिएको छ । प्रहरीका अनुसार विप्लव समूहका एक सय ४४ नेता–कार्यकर्ता पुर्पक्षका लागि कारागारमा छन् । उसका १८ कार्यकर्ताविरुद्ध अनुसन्धान चलिरहेको छ ।

विसं २०७५ फागुनपछि प्रहरीले दुई हजार ८२ जनालाई पक्राउ गरेको थियो । अहिलेसम्म कति जनालाई रिहा गरियो भन्ने विवरण आइनसकेको तर प्रक्रिया पुर्‍याएर रिहाइको क्रम भने सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए ।  सरकार र विप्लव समूहबीचको वार्तामा तीन बुँदे सहमति भएसँगै बिहीवारकाे मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गरेको थियो । सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको भन्दै विसं २०७५ फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे