विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा



विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

काठमाडौं २१ फागुन। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ । शुक्रबार ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त भएका हुन् । काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले आज बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको बताए ।

यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्याइएको थियो । बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको थियो । सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले सार्वजनिक गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे