संसद पुनर्स्थापनाको खुसियाली मनाउन प्रचण्ड-माधव समूहले देशैभर खुसियाली सभा गर्दै



संसद पुनर्स्थापनाको खुसियाली मनाउन प्रचण्ड-माधव समूहले देशैभर खुसियाली सभा गर्दै

काठमाडौं १२ फागुन। सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड-माधव समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको छ ।

संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत प्रचण्ड-माधव समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । सो समूहले त्यो प्रदर्शनको स्वरुप परिवर्तन गरी आज देशैभर खुसियाली मनाउन लागेको हो ।

संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

सरकारविरुद्ध संघर्षमा सक्रिय युवा संघका सहसंयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आज शान्तिवाटीकामा भेला भएर संसद पुनर्स्थापनाको स्वागत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे