देशका धेरै ठाउँमा गर्मी बढ्दै



देशका धेरै ठाउँमा गर्मी बढ्दै

काठमाण्डौ ५ फागुन । तापक्रम बढ्न थालेसँगै देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा विस्तारै गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौको अधिकतम तापक्रम केही दिन यता २०  डिग्री सेल्सियस भन्दा माथि छ ।

आज अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । काठमाण्डौको न्युनतम तापक्रम बिहान ७ डिग्री सेल्सियस मापन गरिएको थियो । आज काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ । पश्चिमी वायुको केही प्रभाव रहेकाले पश्चिमी क्षेत्र र प्रदेश १ का केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे