जनैपूर्णिमाको महत्व र परम्परालाई समाज रुपान्तरण संग जाेड्नु पर्छ : मुख्यमन्त्री आचार्य



जनैपूर्णिमाको महत्व र परम्परालाई समाज रुपान्तरण संग जाेड्नु पर्छ :  मुख्यमन्त्री आचार्य

दाङ ३ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनै पूर्णिमाको महत्व र परम्परालाई समाज रुपान्तरणको अभियान संग जोड्न आग्रह गरेका छन् । सोमवार ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र, नेपाल शाखा कार्यालय लमहीमा रक्षाबन्धन कार्यक्रममा मुख्यमन्त्री आचार्यले जनै पूर्णिमा(रक्षाबन्धन) को अवसरमा शुभकामना दिदै सामाजिक सद्भाव र राष्ट्रिय एकताको लागि जनैपूर्णीमाले महत्वपूर्ण योग्दान दिएको चर्चा गरे । सामाजिक विकृती, विसंगति अन्त्यका लागि समाज रुपान्तरण गर्ने अभियानमा प्रदेश सरकारको साथ रहेको स्पष्ट पारे ।‘उहाँहरु पनि सामाजिक विकृति, विसंगतीको विरुद्धमा हुनुहुन्छ ।

समाज रुपान्तरणको अभियानमा हुनुहुन्छ । प्रदेश सरकार पनि सामाजिक विकृति, विसंगतिको विरुद्धमा संगै रहेको जानकारी गराउन चाहन्छु’उनले भने,‘समाज परिवर्तनको निमित्त हामी पनि अघि बढीरहेका छौं । यो अभियानमा हामी सहकार्य गर्ने छौं ।’ साथै मुख्यमन्त्री आचार्यले आफु बिरामी पर्दा ब्रह्माकुमारी संस्थाको तर्फबाट साथ, सहयोग र सदभाव पाएको धारणा राख्दै भावुक समेत भए ।

त्यस्तै उनले प्रदेश सरकार विकास, समृद्धि र सुशासन प्रबद्र्धनलाई केन्द्रमा राखेर समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको लक्ष्यलाई पुरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रदेशको विकास र समृद्धिको माध्यमबाट राष्ट्र निर्माणको महा अभियानलाई सफल बनाउन सकिने उनले बताएका हुन । यस्तै रक्षाबन्धन कार्यक्रममा लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल समेत उपस्थित थिए । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय लमहीका प्रमुख इन्दिरा पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण आनन्द योगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे