LISTEN LIVE RADIO

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको करोडौं रकम लेनदेनको भिडियो सार्वजनिक



नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको करोडौं रकम लेनदेनको भिडियो सार्वजनिक

काठमाडाैँ २६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको करोडौं रकम लेनदेन बारेका भिडियो सार्वजनिक भएको छ । नेकपा भित्र आदर्ष र नैतिकवान छबि बनाएका मानिने नेता श्रेष्ठको २ करोड ५० लाख रूपैंयाबारे अडियो÷भिडियो सार्वनिक भएपछि धेरै आश्चर्यमा परेका छन् । समाजिक सञ्जालमा हजारौँले नेता श्रेष्ठमाथि प्रश्न गरेका छन ।

कोरोनाका कारण बुधवार मृत्यु भएका कमानसिंह लामाको परिवारले उनको मृत्युमा कोरोना भन्दापनि नारायणकाजीले आर्थिक ब्यवहार विगरिदिएको दोषारोपन गरेका छन् ।नारायणकाजीले सुसन कर्माचार्य मार्फत कामनसिंहलाई आर्थिक रूपमा जर्जर पारेको आरोप लाग्न थालेको छ ।

भिडियो सार्वजनिक भएपछि केही मिडियाहरुलाई प्रतिक्रिया दिदै नारायणकाजीले श्रेष्ठले आफुलाई षडेन्त्र पूर्वक फसाउन खोजेको र बदनाम गर्न खोजेपनि आफु निर्दोश रहेको भन्दै बिचलित नहुने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे