LISTEN LIVE RADIO

भूकम्पका घाइतेको उद्धार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्रीको निर्देशन



भूकम्पका घाइतेको उद्धार र राहतमा सक्रिय रुपमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डाै १८ कार्तिक । जाजरकोटमा गएरातिको भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् ।

उनले घाइतेहरुको तत्काल उद्धार र राहतका लागि सबै संयन्त्रहरुलाई सक्रिय  रुपमा काम गर्न भनेका छन्।घाइतेहरूको उद्धारका लागि स्वास्थ्यकर्मी, हेलिकप्टर र औषधि पठाउने तयारी भइरहेको हेलो सरकारले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति प्रधानमन्त्रीले गहिरो दु:ख व्यक्त गर्दै घाइतेहरुको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे