संविधान दिवसकाे अवसरमा राष्ट्रपतिबाट ६ सय ७० जना कैदीकाे सजाय मिनाहा



संविधान दिवसकाे अवसरमा राष्ट्रपतिबाट ६ सय ७० जना कैदीकाे सजाय मिनाहा

काठमाण्डाै २ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले बुधवार देखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गरेकाे राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले निकालेकाे विज्ञप्तिमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को सिफारिस बमोजिम असोज ३ गतेदेखि लागू हुने गरी संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको उल्लेख छ ।

भोली संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे