संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण निधन



संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण निधन

काठमाण्डौ २६ भदाै । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । तत्कालीन संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो ।

काठमाण्डौको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको अस्पतालले जनाएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु शिक्षण अस्पातलमा पुगिसकेका छन् उनी गएको मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

२००९ साल फागुन २८ गते इलाममा जन्मेका नेम्वाङ इलामबाटै २०५६ सालदेखि पाँच पटक विजयी भएका थिए । २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख थिए ।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे