प्रधानमन्त्री प्रचण्ड भदाै ३० गते अमेरिका र उतैबाट असाेज ४ गते चीन जाने



प्रधानमन्त्री प्रचण्ड भदाै ३० गते अमेरिका  र उतैबाट असाेज ४ गते चीन जाने

काठमाण्डाै ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदाे भदाै ३० गते अमेरिका जाने भएका छन् । आज मङ्गलवार सम्पादकसँग बालुवाटारमा कुराकानी गर्दै उनले याे जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले आफू भदाै ३० गते संयुक्त राष्ट्र सङ्घीय महासभामा सहभागी हुन अमेरिका जाने र त्यतैबाट असाेज ४ गते चीन जाने जानकारी दिएका हुन् । यस पटक चीन भ्रमणका क्रममा केही महत्त्वपूर्ण सहयोग सम्झौता हुने पनि उनले जानकारी दिए । चीनको बीआरआई आयोजनाका बारेमा राखिएको एक जिज्ञासामा उनले नेपालसँग भएको बीआरआई सम्झौताको कार्यान्वयन आयोजनका बारेमा छलफल हुने र बीआरआई आयोजनाअन्तर्गत नेपालमा अनुदान सहयोगसम्बन्धी प्रस्ताव आफूले चीनसँग राख्ने पनि जानकरी दिए ।  चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि द्विपक्षीय भेटवार्ता हुने प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे