LISTEN LIVE RADIO

देशका धेरै ठाउँमा वर्षा : स्याङ्जा, दाङ, रुपन्देही, पाल्पा र नवलपुरमा बाढीको उच्च जोखिम



देशका धेरै ठाउँमा वर्षा : स्याङ्जा, दाङ, रुपन्देही, पाल्पा र नवलपुरमा बाढीको उच्च जोखिम

काठमाण्डाै १६ असार । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार परेको पानीले केहि ठाउँमा बाढीको जोखिम छ । स्याङजा, दाङ, रुपन्देही, पाल्पा र नवलपुरमा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती जिल्ला भएर बग्ने खोलामा आकस्मिक बाढी तथा डुवान हुन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन पनि बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्तै आज इलाम, झापा, मोरङ, सुनसरी, मकवानपुर, चितवन, पर्सा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्यूठान, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपास भई बहने साना खोला तथा नदीमा पनि जोखिम रहेको महाशाखाले जनाएको छ ।

स्राेत : जल तथा माैसम विभागस्राेत : जल तथा माैसम विभाग
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे