नेपाल – भारत सीमा तत्काल खोल्न जनता समाजवादी पार्टीको माग



नेपाल – भारत सीमा तत्काल खोल्न जनता समाजवादी पार्टीको माग

काठमाडौं ९ मंसिर ।  जनता समाजवादी पार्टी नेपालले भारतसँग सीमा जोडिएका नेपालका सबै नाका खोल्न माग गरेको छ। पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित र सहज गर्नुपर्ने माग गरेका हुन्।

लामो समयदेखि सीमानाका बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धराशयी हुनुको साथै सीमा क्षेत्र आसपासका बासिन्दाको जीवन कष्टकर भएको सोमबार जसपाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

जनताको जीवनलाई थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ। कोरोना भाइरस महामारीपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। त्यसबेलादेखि भारतसँग जोडिएको सबै सीमा बन्द गरिएको थियो। पछि भने केही नाका आउजाउका लागि खुला भए पनि सहज छैन।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे