LISTEN LIVE RADIO

अङ्ग्रेजी नयाँ वर्ष सुरु, विदेशी पर्यटकको भिडभाड हुने ठाउँमा विशेष कार्यक्रम



काठमाण्डाै १७ पुस । अङ्ग्रेजी नयाँ वर्ष सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ लाई बिदाइ गर्दै सन् २०२३ सुरु भएको छ । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (यशु) को सम्झनामा उहाँको निधनपछि अनुयायीले यो सम्वत् प्रचलनमा ल्याएका हुन् ।

इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केही वर्ष अघिदेखि अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ । विशेष गरी युवापुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन् । विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा आव विशेष कार्यक्रम हुँदै छन् । हिजो बेलुका पनि यी क्षेत्रमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे