LISTEN LIVE RADIO

प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलले ब्राइटनलाई हरायो, सिटी र एभर्टनको बराबरी



काठमाण्डाै १७ पुस । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई ४–२ गोलले हराएको हो । जितसँगै आर्सनल १६ खेलमा ४३ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ । पराजित ब्राइटन समान खेलमा २४ अङ्ककासाथ आठौँ स्थानमा रहेको छ ।

गएराति भएको अर्को खेलमा म्यानचेस्टर सिटी र एभर्टनले बराबरी खेलेका छन् । सिटी र एभर्टनले एक/एक गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा सिटीले सुरुआती अग्रता जोगाउन सकेन । खेलको २४औँ मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६४ औँ मिनेटमा एभर्टनका डिमराइ ग्रेले बराबरी गोल गरे । सिटी १६ खेलमा ३६ अङ्कका साथ दोस्रो स्थानमा छ । एभर्टन १७ खेलमा १५ अङ्कका साथ १६ औँ स्थानमा रहेको छ ।

यस्तै, अरु खेलमा म्यानचेस्टर युनाइटेडले उल्भ्स्लाई १–० गोलले हरायो । युनाइटेडको जितमा मार्कुस रासफोर्डले निर्णायक गोल गरे । फुलह्यामले साउथह्याम्पटनलाई २–१ गोलले तथा क्रिस्टल प्यालेसले बर्नमाउथलाई २–० गोलले हराएको छ । न्युक्यासल र लिड्स युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे