माओवादी संसदीय दलकाे नेतामा प्रचण्ड सर्वसम्मत चयन



माओवादी संसदीय दलकाे नेतामा प्रचण्ड सर्वसम्मत चयन

काठमाण्डाै ७ पुस । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मतरूपमा चयन गरेकाे छ ।

बिहीवार दिउँसाे सिंहदरबारमा बसेकाे संसदीय दलकाे बैठकले प्रचण्डलाई सर्वसम्मतरूपमा दलकाे नेता चयन गरेकाे हाे । दिउँसाे बसेकाे पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय भएको थियो । त्यसपछि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले याे निर्णय अनुमोदन गरेको हो ।

यस्तै बैठकले प्रतिनिधि सभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रिय सभामा दलको नेतामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई चयन गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे