प्रतिनिधिसभा समानुपातिकतर्फ पनि कांग्रेस र एमालेको प्रतिस्पर्धा, एमालेको अग्रता कायमै



प्रतिनिधिसभा समानुपातिकतर्फ पनि कांग्रेस र एमालेको प्रतिस्पर्धा, एमालेको अग्रता कायमै

काठमाण्डाै ९ मंसिर । प्रतिनिधि सभा सदस्य चुनावको समानुपातिकतर्फ पनि कांग्रेस र एमालेको प्रतिस्पर्धा देखिएको छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा १ सय ४५ वटाको नतिजा आउँदा कांग्रेसले ४८ र एमालेले ३८ ठाउँमा जितेका छन् ।

प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको आज बिहान साढे ७ बजेसम्म अद्यावधिक मतपरिणाम अनुसार एमालेले १७ लाख ३७ हजार १ सय ३७ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ७३ हजार ४ सय ९९ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ५८ हजार ६ सय १७ मत प्राप्त गरेको छ ।

स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ७ लाख ३७ हजार ३ सय ४ मत प्राप्त गरेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ८८ हजार ७ सय ८५, जनता समाजवादी पार्टी (जसपा) ले २ लाख ७ हजार २७५, नेकपा (एकीकृत समाजवादी) ले १ लाख ५२ हजार ५ सय ३९ र नागरिक उन्मुक्ति पार्टीले १ लाख ३७ हजार ५ सय १७ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे