LISTEN LIVE RADIO

रुस–युक्रेन युद्धमा व्यापक क्षतिका कारण ऊर्जा तथा खाद्य सुरक्षामा विश्वव्यापी चिन्ता



रुस–युक्रेन युद्धमा व्यापक क्षतिका कारण ऊर्जा तथा खाद्य सुरक्षामा विश्वव्यापी चिन्ता

एजेन्सी । रुसले पछिल्लो पटक युक्रेनमा हवाई आक्रमण गरेपछि भौतिक पूर्वाधारमा व्यापक क्षति भएको छ । हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा क्षति भएको हो । मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परि चार जनाले ज्यान गुमाएका छन् भने १२ जनाभन्दा धेरै घाइते भएका छन् ।

रुस–युक्रेन युद्धको ९ महिना बितिसकेको छ । मस्कोले अत्याधुनिक क्षेप्यास्त्रसहित आक्रमणका घटना बढाएको समाचार संस्था एपीले जनाएको छ । यी आक्रमणबाट भएको क्षतिपछि ऊर्जा तथा खाद्य सुरक्षामा विश्वव्यापी चिन्ता व्यक्त गरिएको छ ।

युक्रेनका २४ क्षेत्रहरूमध्ये कम्तीमा १६ क्षेत्रहरूमा र राजधानी किएभमा महत्त्वपूर्ण पूर्वाधारमा मिसाइल आक्रमण हुन थालेपछि युक्रेनका लाखौँ मानिस बिजुली, पानीलगायत इन्धनको अभावमा छन् । युद्धको प्रभाव दुई देश तथा युरोपमा मात्र सीमित नभएर विश्वभर उत्तिकै चिन्ताको विषय बनेको संयुक्त राष्ट्र सङ्घका अधिकारीले जनाएका छन् ।

इन्डोनेसियाको बालीमा जी–२० शिखर सम्मेलन चलिरहेकै बेला मङ्गलवार रुसले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको थियो । सम्मेलनमा सहभागी धेरैजसो देशका शीर्ष नेताले युद्धलाई लिएर रुसको निन्दा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे