LISTEN LIVE RADIO

माधब नेपालले ओलीलाई भने- बहसबाट भागे समस्याको समाधान हुँदैन



माधब नेपालले ओलीलाई भने- बहसबाट भागे समस्याको समाधान हुँदैन

काठमाडौं २८ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बहसबाट भागे पार्टीको समस्या समाधान हुन नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैँ निस्कने बताएका छन । “बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन सक्दैन,” नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै भने ।

पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिवद्धता चाहिने उनको भनाई छ ।पार्टीको अनुशासनमा बाधिने र आ(आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमिकमजोरीहरुलाई सुधारेमा कम्युनिस्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे