LISTEN LIVE RADIO

चुनावका बेला फैलिने अफवाह नियन्त्रणमा आयोगको प्रयास, फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालसँग सहकार्य



चुनावका बेला फैलिने अफवाह नियन्त्रणमा आयोगको प्रयास, फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालसँग सहकार्य

काठमाण्डाै ४ असाेज । चुनावका बेला फैलिने भ्रामक सूचना तथा अफवाह नियन्त्रण गर्न निर्वाचन आयोगले सामाजिक सञ्जालसँग सहकार्य थालेको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला सामाजिक सञ्जालमार्फत मिथ्या र भ्रामक सूचना फैलिन सक्ने भन्दै आयोगले फेसबुक, टिकटक, युट्युबलगायत सामाजिक सञ्जालसँग सहकार्य थालेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यसअघिका चुनावमा पनि सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण भएकाले त्यस्ता सूचना फैलिन नदिन यसपालि सामाजिक सञ्जालसँग सहकार्य सुरु गरिएको हो ।

फेसबुकले गएको भदौ २२ गते पोलिटिकल एड ट्रान्सपरेन्सी टुल सार्वजनिक गरेको थियो । यसमा नेपाललगायत २ सय ४२ वटा देश आबद्ध छन् । यो टुलमा जोडिएपछि फेसबुकमा राजनीतिक वा चुनावसँग सम्बन्धित प्रचार वा विज्ञापन गर्न फेसबुकको अथोराइजेसन प्रक्रिया पूरा गर्नुपर्छ ।

अथोराइजेसन प्राप्त गरेपछि विज्ञापन कसले कति समयका लागि गरेको, कुन ठाउँबाट गरेको र कति पैसा खर्च गरिएको लगायत सूचनाको सारांश फेसबुकले सार्वजनिक रुपमा देखाउँछ । फेसबुकको एड लाइब्रेरीमा गएर जसले पनि विज्ञापन सम्बन्धी यी जानकारी प्राप्त गर्न सक्नेछन् । यस्तो जानकारी सात वर्षसम्म एड लाइब्रेरीमा रहने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे