काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु



काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाण्डाै ३० भदाै । काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । पहिरोमा परेर घाइते भएकी ६५ वर्षकी ठूलीमाया तामाङको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको हो ।

बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे