LISTEN LIVE RADIO

संसद्को कार्यकाल बढाउन विधेयक अघि बढाएकोप्रति निर्वाचन आयोगको आपत्ति



संसद्को कार्यकाल बढाउन विधेयक अघि बढाएकोप्रति निर्वाचन आयोगको आपत्ति

काठमाडाैँ २० भदौ । निर्वाचन आयोगले संसद्को कार्यकाल चुनावपछिसम्म हुने गरी सघीय संसदमा पेस भएको विधेयकप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । आयोगले आज सोमवार एक विज्ञप्ति निकालेर प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा सङ्घीय संसदमा पेस भएको विधेयकको विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।

“केही नेपाल ऐन संशोधन गर्ने ऐनको माध्यमबाट प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ मा हाल कायम रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमासमेत व्यवस्था गरी संघीय संसद्मा विधेयक पेस भएको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

आउँदो मङ्सिर ४ गते सरकारले प्रदेश र प्रतिनिधि सभाको चुनावको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले सङ्घीय संसद् तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँगसमेत परामर्श गरी जारी गरेको निर्वाचन आचारसंहिता २०७९ नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेको पनि विज्ञप्तिमार्फत स्मरण गराएको छ । सरकारले नयाँ संसद्ले काम नथालेसम्म अहिलेकै संसद्को कार्यकाल सक्रिय रहिरहने व्यवस्थासहित कानुन संशोधन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे