LISTEN LIVE RADIO

लुम्बिनी सहित देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना



लुम्बिनी सहित देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

दाङ २८ असार  । लुम्बिनी सहित देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, गण्डकी, प्रदेश १ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा आज भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अन्य स्थानहरुमा भने हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल बिहान देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ भने देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे