LISTEN LIVE RADIO

चुनाव सार्न खाेजे एमाले चुप लागेर बस्दैन : अध्यक्ष ओली



चुनाव सार्न खाेजे एमाले चुप लागेर बस्दैन : अध्यक्ष ओली

सोलुखुम्बु ५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावसँग डराएको दाबी गरेका छन्। आज साेमवार सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाए ।

आफू पराजय हुने निश्चित भएपछि सरकारले विप्लवलाई अघि सारेर चुनाव सार्न खोजिरहेकाले यदि त्यसो गरिएमा एमाले चुप लागेर नबस्ने अध्यक्ष ओलीकाे भनाइ छ । नेत्रविक्रम चन्द विप्लवकै कारण चुनाव रोकिने हो भने विप्लव नेतृत्वको नेकपालाई सूर्य चिह्नबाट चुनाव लड्न पनि उनले आग्रह गरे ।

अध्यक्ष ओलीले वर्तमान गठबन्धन अपवित्र रहेको आराेप लगाउँदै कांग्रेस भिजन र सिद्धान्तविहीन पार्टी भएकाले यसको भविष्य नरहेको जिकिर गरे । उनले ‘सिद्धिन लागेका’ पुष्पकमल दाहाल प्रचण्डलाई ५३ सिटमा पुर्‍याए पनि आखिर डसेर गएको दुखेसो गरे। अध्यक्ष ओलीले बाटो, बिजुली र सञ्चार विकासको मुख्य मेरुदण्ड रहेको भन्दै यी विना कुनै काम सम्भव नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे