सरकारको निर्णय विरुद्ध निलम्बित गभर्नरद्वारा सर्वोच्चमा रिट दर्ता



सरकारको निर्णय विरुद्ध निलम्बित गभर्नरद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाण्डाै ४ वैशाख । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर सरकारले समिति गठन गरेको उल्लेख गर्दै त्याे निर्णय खारेजीको माग रिट निवेदनमा गरिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार निलम्बित अधिकारीले सरकारको निर्णयविरुद्ध ल्याएको रिट निवेदन दर्ता भएको छ । आज अलि ढिला रिट दर्ता भएको हो । रिटमाथि सुनुवाइ पर्सि मङ्गलवार हुनेछ ।

सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएर गभर्नर अधिकारीलाई स्वतः निलम्बन गर्ने निर्णय गरेको थियो । छानबिन समितिको त्याे निर्णय खारेज गर्न रिट निवेदनमा माग गरिएको छ । मन्त्रिपरिषद्को गएकाे चैत २५ गते बसेको बैठकले अधिकारीमाथि छानबिन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे