सिनामंगलबाट ११ अफगानी नागरिक पक्राउ



सिनामंगलबाट ११ अफगानी नागरिक पक्राउ

काठमाडौं ८ कार्तिक। काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए । उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे