LISTEN LIVE RADIO

सर्वहित सहकारीको साधारण सभा तथा अधिवेशनका लागि वडा स्तरीय साधारणसभा सुरु



सर्वहित सहकारीको साधारण सभा तथा अधिवेशनका लागि वडा स्तरीय साधारणसभा सुरु

सिसहनियाँ २८ भदौ । सर्वहित बचत तथा ऋण सहकारी संस्था राप्ती गाउँपालिका ४ मौरीघाटको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका लागि वडा स्तरमा रहेका सेवा केन्द्रहरुमा प्रतिनिधि मुलक साधारणसभा सुरु भएको छ ।

यसै क्रममा आइतवार राप्ती गाउँपालिका वडा नम्बर १ शान्तिपुर सेवा केन्द्र र वडा नम्बर ६ को पत्थरगढवा सेवा केन्द्रमा साधारण सभा भएका छन् ।
शान्तिपुर सेवा केन्द्रका संयोजक निरकुमार घर्ती र पत्थरगढवामा संस्थाका अध्यक्ष राजेन्द्र चौधरी थारुको अध्यक्षता एवम् शान्तिपुरमा वडा नम्बर १ का वडा सदस्य पुर्णजंग रेश्मीमगर र पत्थरगढवामा ज्ञानोदय मावि पत्थरगढवाका शिक्षक मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

शान्तिपुर सेवा केन्द्रको सभामा आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक शिशिर चौधरी र पत्थरगढवा सेवा केन्द्रमा संस्थाका कोषाध्यक्ष निर्मला चौधरीले प्रस्तुत गरेका थिए । शान्तिपुरमा भएको सभामा संस्थाका सदस्य कल्पना चौधरी र पत्थरगढवामा भएको सभामा सेवा केन्द्र संयोजक विनोद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विष्णु पोख्रेल, नेत्र खनाल, सल्लाहकार दयाराम चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शान्तिपुरमा भएको कार्यक्रमको सञ्चालन विष्णु पोख्रेल र पत्थरगढवामा भएको कार्यक्रमको सञ्चालन जागेन्द्र चौधरीले गरेका थिए । यसै बीच शान्तिपुरमा भएको सभामा संस्थाद्धारा गठित ३ वटा बाल समुहलाई गुन्द्री, झोला, क्याल्कुलेटर, रजिष्टर प्रदान गरिएको थियो । साथै शान्तिपुरमा असल ऋणी कौशिलादेवी गुरुङ र असल बचतकर्ता सिता कुमाललाई नगद सहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।

भने पत्थरगढवामा असल ऋणी धनीराम चौधरी र असल बचतकर्ता कालिप्रसाद चौधरीलाई नगद सहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।
यसै क्रममा भदौ ३१, असोज २, ४, ६ गते आफ्नै कार्यालय भवन मौरीघाटमा वडा स्तरीय साधारण सभा हुने भएको छ । भने असोज ९ गते संस्थाको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको सभापन गरिने संस्थाका व्यवस्थापक शिशिर चौधरीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे