LISTEN LIVE RADIO

राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र किस्ता र ब्याज बुझाउनेलाई १० प्रतिशत छुट दिने



राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र किस्ता र ब्याज बुझाउनेलाई १० प्रतिशत छुट दिने

काठमाण्डौ ५ असार । राष्ट्रिय वाणिज्य बैंकले कर्जाको किस्ता या ब्याज भुक्तानी बुझाउनेहरुका लागि १० प्रतिशत छुट गर्ने भएको छ ।  बैंकले विज्ञप्तिमार्फत कोरोना सङ्क्रमणका कारण प्रभावित भएको उद्योग एवम् व्यवसाय निरन्तरता एवम् पुनरुत्थानका लागि १० प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको कतिपय ऋणीको व्यावसायिक कारोबार बन्द भएकाले यो महिनाभित्र कर्जाको किस्ता र ब्याज बुझाउनेहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको हो ।  सहुलियतबारे जान्नका लागि सम्बन्धित शाखा कार्यालयमा बुझ्न समेत राष्ट्रिय वाणिज्य बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे